बन्ने भो ‘मायाँमा फेल’

काठमाडौं,
वैशाख ३ ।

चलचित्र ‘मायाँमा फेल’ बन्ने भएको छ । राजधानीमा मंगलाबार पत्रकार भेटघाट गर्दै चलचित्रको घोषणा गरिएको हो ।
ए.बि.फिल्मस प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘मायामा फेल’लाई ऋषि न्यौपानेले निर्देशन गर्दैछन् । चलचित्रमा सुजन थापा, सुरज शाही, सुरेशकुमार ठकुरी, विक्रम क्षेत्री, महिमा सिलवाललगायतका कलाकारहरुको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

रामचन्द्र ढुङ्गाना निर्माता रहेको चलचित्र ‘मायामा फेल’ त्रिकोणत्मक प्रेम कथामा निर्माण हुने छ । ‘यो एउटा नितान्त त्रिकोणत्मक प्रेमकथा र सस्पेन चलचित्र हो । मायाँमा फेल भन्नाले आफूले मन पराएको मान्छे आफूले पाए पास नत्र फेल भन्ने जुन समाजमा हाम्रो चलन चल्ति छ यसलाई यो चलचित्रले तोड्न खोजिएको छ’, निर्देशक ऋषि न्यौपाने भन्छन् । उनले भने ‘आफूले मन पराएको मान्छे पाउनु मात्रै मायाँमा पास हैन, आफूले मनपराएको मान्छेलाई आफ्नो बनाउन नसक्दा पनि मायाँमा पास भइन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।’

यही २० गतेदेखि छायाँकनमा जाने यो चलचित्रमा रवि कोइरालाको छायाँकन, कमल राईको नृत्य, प्रदीप खडकाको द्वन्द्व र कृष्ण कोइराला निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्रलाई चितवन, लुम्बिनी, हेटौडा, नवलपरासी, पोखरा, बाग्लुङलगायतका स्थानमा छायाँकन हुने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार