नयाँ वर्षको शुभारम्भ

काठमाडौं,
वैशाख १ ।

नयाँ वर्ष २०७६को सुभारम्भ भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो । २०७६ को पहिलो दिनआज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् बैसाख संक्रान्ति भनिन्छ।

नयाँ वर्षको अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आजको दिन अघिल्लो वर्ष पुरा नभएका संकल्पको समिक्षा तथा नयाँ वर्षमा नयाँ संकल्पसमेत गरिन्छ ।

आफूले गरेका नयाँ सङ्कल्पमा सफलता मिलोस् भन्दै एकअर्कामा शुभकामना व्यक्त गर्ने र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज वर्षको पहिलो दिनलाई स्वागत गरिन्छ । आजको दिन नयाँ कामको थालनिसमेत गर्ने परम्परा रहिआएको छ ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक संवत्का रुपमा विक्रम संवत् चलिआएको हो । यो संवत् नेपालमा मात्र मानिने संवत् हो ।

नयाँ बर्षको यो अवसरमा हाम्रो पनि शुभकामना ।

यसमा तपाइको मत

अन्य समाचार