याद तिम्रो धेरै आइरह्यो भन्दै शान्तिप्रिय (भिडियोसहित)

काठमाडौं,
वैशाख १ ।

सञ्चारकर्मी तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो…’को भिडियो सार्बजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत युबराज चौलागाईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो…’सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको भिडियो सार्वजनिक भएका छन् । अधर एल्वमका यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भइसकेका छन् यो सहित पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

निर्मल शर्माले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवम् राम ढकालको अभिनय रहेको छ । राजु के.सी.को छायाँकन, रहेको गीतको भिडियोमा विरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको छ ।
भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो ।

दोस्रो एल्वम समेत तयारी गर्दै गरेका शान्तिप्रिय पछिल्लो समयमा चलचित्र गीती लेखन तथा आधुनिक ‘गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार