योगेश, सारिका र धु्रवसँग झुमे दर्शक

काठमाडौं,
वैशाख १ ।

गायक योगेश काजी, सारिका घिमिरे र धु्रव विश्कोसँग दर्शक झुमेका छन् । नयाँ वर्ष २०७६को पूर्व सन्ध्यामा रातोपुल स्थित रकहाउस क्याफेमा भएको विशेष सांस्कृतिक कार्यक्रममा यी गायक गायिकाले दर्शकलाई नचाएका हुन् । उनिहरुले एक दर्जन भन्दा गीत मार्फत दर्शक/स्रोताको मन जित्दै नचाएका थिए ।

हरेक वर्ष जस्तै यस वर्ष पनि रक हाउस क्याफेमा २०७५लाई विदाई र २०७६ लाई विशेषरुपमा स्वागत गर्नका लागि गरिएको विशेष कार्यक्रममा सारिका, योगश, धु्रव विश्कोलगायत अन्य गायक गायिकाहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा बरिष्ठ कलाकार उत्तम केसी, कलाकार तथा गायक श्याम मिश्रा, र्यापर भरत समारीलगायतकाको उपस्थिति रहेको थिए ।

‘हामीले हरेक वर्ष जस्तै नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यका साथ नयाँ वर्षको पूर्व सन्ध्यामा विशेष साँस्कृतिक कार्यक्रम गरेका हौ, जसमा यस वर्ष अझ बढी दर्शक÷स्रोताले मनोञ्जन लिनुभयो’, क्याफेका सञ्चालक सुमन राईले भने ।

यसमा तपाइको मत

अन्य समाचार