नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा नौलो उज्यालो ल्याओस्- पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं,
चैत्र ३० ।

पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान हुन र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । उहाँले सबैबाट विगतमा भएका कमी कमजोरी र गल्तीको आत्मसमीक्षा गर्न पनि आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

नयाँ बर्ष २०७६ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले भन्नु भएको छ – ‘अब केबल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्र अंगालेर पुग्दैन, जनताको घर दैलोमा पुग्दा जनताका अनगन्तिी समस्या र दुर्दान्त पीडा रहेको पाएको छौ, लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवम् मानवोचित सुख र शान्ति प्राप्त गर्न नसक्ने यस्तो नाजुक अवस्था कहिलेसम्म रहने ?’

पूर्व राजा शाहले नयाँ बर्ष आरम्भ प्रहरमा नेपाल भित्र र विश्वका बिभिन्न भूभागमा रहेका बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको लागि हादिंक शुभकामना पनि व्यक्त गर्नु भएको उहाँको निजी सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहबाट नव वर्ष २०७६ को उपलक्ष्यमा जारी शूभकामना सन्देशको पूर्णपाठ ।

नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,

गतिशिल समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपूगेका छौ । नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपाल भित्र र विश्वका विभिन्न भु-भागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछौ ।

स्वभावतः यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सूष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अङ्गालेर पूग्दैन । जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौँ । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने-यस्तो नाजूक अवस्था अझै कति रही रहने रु स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।

मूलूक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सूहाउँदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै हाम्रो विश्वास रही आएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठवान् हूनू र एक्यबद्भ भएर अघिबढ्नूको विकल्प छैन । राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छौ ।

नयाँ वर्ष साच्चिकै नयाँ रहोस् – नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

यसमा तपाइको मत

अन्य समाचार