यस्तो छ यात्राको ट्रेलर

काठमाडौं,
चैत्र १२ ।

चलचित्र ‘यात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा लभ, रोमान्स, कमेडी, द्वन्द्वलगायतका विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।

यही २९ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशिन गरेका हुन् । कार्यक्रममा निर्देशक शाक्यले चलचित्रको मूलकथालाई ट्रेलरबाट प्रस्ट्याउन खोजिएको बताए । अभिनेता सलिनले चलचित्रमा भ्लगरको भूमिका निभाएका छन् । उनको अपोजिटमा मलिका महत छिन् । उनले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छन् । ट्रेलरमा उनको खोजीमा सलिन देखिएका छन् ।

जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ ।

केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सहनिर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । संजय लामाको छयाँकन रहेको छ चलचित्रमा ।

यसमा तपाइको मत

अन्य समाचार