‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने

काठमाडौं,
चैत्र ११ ।

‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । एन्जल मिडियाको आयोजनामा गायन नृत्य तथा अन्य प्रतिभालाई समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सम्पूर्ण जानकारी गराइयो । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलाइ स्थान दिने गरि ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली प्रतिभालाई ब्यबसायिककरण मात्र नभईकन ब्यबस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालाइ मनोरञ्जनका साथ टेवा पुर्याउने बिश्वब्यापी प्रचार प्रसारमा एन्जल मिडिया लागि परेको छ ।

नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरि १४ वटा मुख्य स्थानमा अडिसन हुने कार्यक्रममा जानकारी दिइयो ।

अडिसनबाट छनोट भएकालाई काठमाडौं बोलाएर जर्ज राउण्ड बाट भोटिङ राउण्डमा प्रवेश गराई भोटिङ राउण्डबाट नै प्रथम दित्तिएको छनोट गरिने छ । प्रथम हुनेलाइ नगद ७० लाख दित्तिए हुने लाइ २० लाख र तृतीय हुने लाई नगद १० लाख प्रदान गरिनेछ ।

कार्यक्रममा गायक आनन्द कार्की, सङ्गीतकार ओम प्रकाश राई र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् । कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ चैत्र २५ गते बाट अडिसन सुरु हुनेछ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायक आनन्द कार्की, निर्णायक एलिना बास्कोटा, मेघा टेलिभिजनका प्रतिनिधिले आ–आफ्नो मन्तब्य राखेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार