लवबहादुरको नेतृत्वमा ईभेन्ट आयोजकहरु

काठमाडौं,
चैत्र १० ।

सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरणलगायत विविध ईभेन्टसँग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवम् प्रतियोगिता आयोजकहरुको छाता सङ्गठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल इमानको औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले सङ्घको औपचारिक शुभारम्भ भएको घोषणा गरे । सङ्घको औपचारिक शुभारम्भ पश्चात पूर्व मन्त्री शेर्पाले सङ्घका पदाधिकारी एवम् संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शेर्पाले कार्यक्रम ब्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै सङ्घले कार्यक्रम ब्यवस्थापनको क्षेत्रमा कृयाशिल आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी ढङ्गले कार्यक्रम सम्पन्न गराउन अभिप्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रम ब्यवस्थापन सङ्घ, नेपालका अध्यक्ष लबबहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरणलगायत विविध ईभेन्टसँग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवम् प्रतियोगिताले समाज परिर्वतनसँगसँगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको बताए । सङ्घका सल्लाहकार सीताराम पोख्रेलले सङ्घले आफ्नो सङ्गठनलाई सशक्त पार्दै अघि बढाउन ध्यान केन्द्रित गर्नूपर्ने बताए ।

त्यसैगरि, सङ्घका प्रवक्ता सरोज ओझाले सङ्घ स्थापना गर्नुको उद्देश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिदै सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरणलगायत विविध ईभेन्टसँग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवम् प्रतियोगीता आयोजनाको क्षेत्रमा देखिदै आएका विकृती एवम् बिसङ्गतीलाई निरुत्साहित गर्दै कार्यक्रम व्यवस्थापनको कार्यलाई थप ब्यवस्थित तुल्याउन तथा ईभेन्ट कम्पनीहरुको पेशागत हकहित, अनुशासन र मर्यादाका लागि एक आपसमा मेलमिलाप एवम् साथ सहयोगको भावनालाई जाग्रित गराउनु रहेको जनाए ।

सङ्घका उपाध्यक्ष शान्ता लामाले ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बिकृती र बिसङ्गती रहेको औल्याउदै आगामी दिनमा सङ्घले यस्ता ईभेन्टकार्यक्रम लाई ब्यवस्थित गराउन खवरदारी गर्ने बताईन । कार्यक्रममा सङ्घका सचिब सोनित राज ढुङ्गानाले देशको आर्थिक एवम् सामाजिक विकासलाई गतिशिल तुल्याउन नेपाल सरकारसँगसँगै निजी क्षेत्रलगायत सामाजिक सङ्घसङ्गठनहरुले खेल्ने भूमिकाले पनि उत्तिकै महत्व बोक्ने बताउदै सङ्घले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । सङ्घका सदस्य प्रदीप राज वन्तले सङ्गठित रुपमा अघि बढदै गर्दाको अवस्थामा आगामी दिनमा इभेन्ट ब्यवस्थापनको क्षेत्रमा आपसी सहकार्यको भावना र स्वच्च प्रतिस्पर्धाको विकास हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवलजंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मनप्रसाद भण्डारी, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष गीता अधिकारीलगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

लव बहादुर कार्की अध्यक्ष रहेको सङ्घको कार्यसमतिमा शान्ता कुमारी तामाङ उपाध्यक्ष, सावित्री ढुङ्गाना महासचिव, सरोज ओझा प्रवक्ता, सोनीत राज ढुङ्गेल सचिव, डेविल सिहं राजपुत सहसचिव, राज लुईटेल कोषाध्यक्ष र टेक राज पाण्डे सहकोषाध्यक्ष रहेका छन् ।

यस्तै कार्यसमिती सदस्यहरुमा मोनीत महर्जन, तृष्णा गुरुङ, प्रदीपराज वन्त, सुरज थापा, सपना राई, अशोक तामाङ, संस्थापक सदस्य गोकर्ण लामीछाने नुवाकोट, राजिव दियाली मोरङ, सविना श्रेष्ठ धनगढी, समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र नारायण थापा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार