‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत्र २ ।

चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचरिङ छन् । भिडियोमा अनमोल र सुहानाको केमेष्ट्री गज्जबको देखिएको छ ।

एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको सङ्गीत रहेको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर दिएका छिन् ।

यही चैत्र २९ गते प्रदर्शन मिति तोकिएको यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा सुनीलकुमार थापाको लगानी रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रको पटकथा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले तयार गरेका हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रेअर राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार