ललितपुरमा ‘न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र’ गोष्ठी सम्पन्न

ललितपुर,

चैत्र २ ।

महालक्ष्मी नगरपालिका-८ लुभूस्थित महालक्ष्मी मन्दिर प्राङ्गणमा ‘न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र’ विषयक गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा स्वराज्य र मेलमिलाप अभियन्ता केशवप्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा सम्भावित ६ प्रकारको हिंसाले मुलुक बर्बाद हुन सक्ने बताउँदै विकासका लागि स्थानीय सरकार ले नेतृत्व गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रपतिका धार्मिक एवम् साँस्कृतिक सल्लाहकार खेमचन्द्र ढकालले मौलिक सम्पदा र चिन्तनलाई अगाडि बढाउँदै मेलमिलापमा लाग्नुपर्ने बताए ।

नगरपालिकाका न्यायिक समिति सदस्य वासुदेव गौतमले नैतिक शिक्षाको आवश्यकतामाथि जोड दिँदै द्वन्द्व रूपान्तरणमा सकृय हुनुपर्ने बताए ।

उक्त अवसरमा महिला हिंसा विरूद्ध अन्तरधार्मिक सञ्जालका राष्ट्रिय अध्यक्ष नमन उपाध्याय, सचिव हर्ष थापा, पूर्व प्रमुख सेनानी पुष्पराज श्रेष्ठ, पूर्व गाविस अध्यक्ष कृष्ण महर्जनलगायतका वक्ताहरू आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

महालक्ष्मी नगरपालिका–८ का अध्यक्ष विश्वराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम समापनको अवसरमा आगामी दिनमा अझ व्यापाक कार्यक्रम आयोजना गरि मुलुकको द्वन्द्व रूपान्तरणमा अग्रणी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।

हालै सरकारसँग सम्झौता गरेका सीके राउतले उठाएको मधेस स्वराजको विघटनकारी कार्यलाई वैचारिक रूपमा चुनौती दिइरहेको स्वराज्य र मेलमिलाप पुस्तकका लेखक तथा अभियन्ता केशवप्रसाद चौलागाईंको प्रयासलाई सबैले प्रशंसा गर्नुकासाथै सम्पदा क्षेत्र को विकासमा सहयोग प्राप्त हुने अपेक्षा गरे ।

सँस्कृति सम्पदा र महालक्ष्मी शिर्षकमा लेख तथा साधना विधिको पनि परिचय गराउनु भएकोमा चौलागाईंप्रति स्थानीयहरूले आभार व्यक्त गरे ।

स्थानीय तहबाट स्वराज्य र मेलमिलाप स्थापना गर्न यो कार्यक्रम नमूनाको रूपमा मुलुकभरि अगाडि बढ्नेमा ढुक्क हुने वातावरण देखिएको प्रबुध्द नागरिकहरूले आशा व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार