ललितपुरको देउरालीमा ‘लाहुरेको छोरी’

ललितपुर,
चैत्र १ ।

बिहिबार बिप्लव समूहको बन्दका बाबजुद पनि पूर्व निर्धारित तिथिमै एकहुल युवा ललितपुरको देउराली भन्ने रमणीय स्थानमा पुगेर म्युजिक भिडियो छायाँकन गरेरै छाडे ।

निर्माता राजकुमार महर्जनको अगुवाईमा गायक रुपेश डङ्गोलको स्वर रहेको मर्मस्पर्सी गीत ‘लाहुरेको छोरी…’ को भिडियो छायाँकनका लागि नेपाल बन्द भएपनि युनिट देउराली पुगेका हुन् । यसमा न्हुच्छे महर्जनको शब्द, सङ्गीत रहेको छ भने दिबस राजकर्निकार र निमा रायले खिचेका छन् ।

प्रदीप सिह थापाको निर्देशन रहेको भिडियोमा जोनि बब्बल, अनु पराजुलीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियो व्हाईट पिंगन ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत यसै साताबाट सार्वजनिक गरिने सहयोगी निराजन महर्जनले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार