आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्छ-प्रधानमन्त्री

काठमाडौं,
चैत्र १ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन् ।

‘उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनुपर्ने खाँचो छ ।’

यसमा तपाइको मत

अन्य समाचार