‘माया बस्यो लै लै’को उत्कृष्ट कभर भिडियो र टिकटक बनाउने एकजनालाई नगद पुरस्कार

काठमाडौं,
फाल्गुन ३० ।

नरेश जोगी र शिक्षा ढुंगेलको स्वर रहेको गीत गीत ‘माया बस्यो लै लै’ सार्वजनिक भएको छ । नरेश स्वयम्को शब्द र सङ्गीत रहेको गीतमा विशाल निरौलाको म्युजिक एरेन्ज छ ।

गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन् ।

यसैगरी यो गीतको निर्माण समुहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ ।

उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए ।
जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ ।

‘यो कभर भिडियोका सौखिन र टिकटकप्रेमीहरुका लागि सुःखद अवसर हो,’ उनले भने । भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने युट्युबमै उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार