ठड्याइयो होलीको चीर

काठमाडौं,
फाल्गुन ३० ।

होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको हो । आज बिहान ११ बजेर ५५ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको रङ्गीविरङगी होली चीर ठड्याइएको छ ।

चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रङ्गसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूणिर्मासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ ।

यसमा तपाइको मत

अन्य समाचार