अघोरीको शुभमुहूर्त

काठमाडौं,
फाल्गुन ३० ।

चलचित्र ‘अघोरी’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मुहूर्त सट लिइएको हो ।

कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त सट दिएका थिए । बिलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.का लागि राधादेवी कटुवालले यो चलचित्रको निर्माण गर्न लागेकी हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् ।

चैत १ देखि सुटिङ फ्लोर जाने यस चलचित्रमा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ । यसै चलचित्रबाट शारदा राज्यलक्ष्मी र मुनम मल्लले डेव्यु गर्न लागेका हुन् । ‘अघोरी’को चरित्र भने कलाकार प्रज्वल गिरीले निर्वाह गर्नेछन् ।

झण्डै ३५ दिनको सुटिङ सेड्युअल लिएर फ्लोरमा उत्रन लागेको यो चलचित्रको छायाँकन काठमाडौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा गरिने निर्माणपक्षले जनाएको छ ।

पवन गौतमको छायाँकन, राजु किरातको द्वन्द्व निर्देशन रहने यो चलचित्रको गीतमा सङ्गीत भने दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईले दिनेछन् । चलचित्र आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार