गृह मन्त्रालयले बढायो सुरक्षा सतर्कता

काठमाडौं,
फाल्गुन ३० ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) माथि प्रतिबन्ध लगाएपछि सरकारले देशभरको सुरक्षा सतर्कता र निगरानी बढाएको छ । आफूमाथिको प्रतिबन्धको प्रतिकार गर्ने चेतावनी चन्द समूहले दिएपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो ।

गृहमन्त्रालयले चन्द समूहको आपराधिक गतिबिधि नियन्त्रण र जनतामा सुरक्षाको अनुभूत गराउन देशैभर सुरक्षा सर्तकता उच्च पारिएको जनाएको छ ।

नेपाल प्रहरीले चन्द समूहका गतिविधिमाथि निगरानी बढाएको छ । सो समूहले कुनै आपराधिक गतिविधि गरेको गरेमा तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । चन्द समूहलाई प्रतिबन्ध लगाइसकेपछि केही सुरक्षा थ्रेट बढेको निष्कर्षसहित प्रहरीले निगरानी बढाएको हो ।

यसमा तपाइको मत

अन्य समाचार