पुर्वराजा ज्ञानेन्द्र शाहको जनकपुरमा भव्य स्वागत

जनकपुर,
फाल्गुन ३० ।

पुर्वराजा ज्ञानेन्द्र शाहको जनकपुरमा भव्य स्वागत गरिएको छ । शाहको आगमनसँगै ‘राजा आऊ देश बचाउ’को नारा गुञ्जिएको छ । मधेश भ्रमणको क्रममा झापाबाट स्थलमार्ग हुँदै बुधवार साँझ करीब पौने ८ बजे जनकपुरधामको होटल सीताशरण पुग्ने बितिकै राजावादी र समर्थकहरुले ‘राजा आऊ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

गाडीबाट झर्न बितिकै समर्थकहरुले फुलमाला लगाइदिएर भव्य स्वागत गरेका थिए । शाहको स्वगतका लागि पूर्वपश्चिम राजमार्गदेखि जनकपुरको होटल सीताशरणसम्म ठाउँ ठाउँमा पूर्वराजाको जयजयकार सहितको ब्यानर सहितको पण्डाल गेट तथा होर्डिङबोर्ड लगाइएको छ ।

अनिल बस्नेतको नेतृत्वमा शिव सेना नेपालको टोली र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा टोली उनको सुरक्षाको लागि होटल सीताशरणमा परिचालन गरिएको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार फागुन ३० गते सर्लाहीको प्रसिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधाम स्थित श्रीरामजानकी मन्दिर, चैत २ गते गाईघाट स्थित राधाकृष्ण मन्दिर र चैत ३ गते सप्तरीमा पुजापाठ गर्नु हुने उनका निजी सचिव फनिन्द्र पाठकले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार