चीनमा १,३७० मिटर अग्लो पहाडमा तीन तल्लाको ३० किमी लामो हाइवे

काठमाडौं,

चीनको ताईयुआन शहरमा बनेको तीन तल्लाको हाईवे चर्चामा आएको छ । देख्दा अचम्म लाग्ने उक्त हाईवेलाई नयाँ हट स्पटमा निर्माण गरिएको छ ।

विश्वकै लागि नयाँ र अनौठो बनेको हाइवेमा आएका मानिसहरु सेल्फी खिच्नमा निकै व्यस्त रहेको देख्न सकिन्छ । जमिनबाट १,३७० मिटरको उचाइमा रहेको तियानलोंग पहाडमा बनेको छ । कुल लम्बाई३० किलोमिटर रहेको छ । सर्वसाधारणको लागि खोलिएको हाइवे अब चाडै सबैको लागि खोलिने भएको छ ।

सात हजार टन स्टीलको प्रयोग गरेर बनाइएको ब्रिजको उचाइ ३५० मिटर लामो रहेको छ । निकै अनौठो र रमाइलो लाग्ने हाइवे खुलेसँगै टुरिस्ट एटेक्शन बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार