पाठकमाझ डी.आर.को ‘तिलस्मी’

काठमाडौं,
फाल्गुन २९ ।

डीआरको नयाँ कृति ‘तिलस्मी’ पाठकमाझ आएको छ । हालै काठमाडौंमा आयोजित एक समारोहमा उनको ‘तिलस्मी’ प्राध्यापक डाक्टर सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु प्रसाईं, डा. विन्दु शर्मा, पुस्तकका प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल र उपन्यासकार डीआरले उपन्यासको संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

३ सय ३४ पृष्ठको उपन्यास सन्देशमूलक र सकारात्मक सोचलाई उजागर गर्ने किसिमले सिर्जना गरिएको उपन्यासकार डीआरले बताए ।

उपन्यासको कथावस्तु, पात्र र चरित्रका कारण बजारमा आईरहेका अन्य उपन्यासहरुभन्दा केही फरक र पृथक लेख्ने प्रयास गरेको उनले बताए ।

वि.स. २०५८ सालदेखि औपचारिक रुपमा गीत लेखनमा सक्रिय देर्खिका डीआरका पाँचवटा गीति एल्बम बजारमा छन् । त्यस्तै विभिन्न तीनवटा पुस्तक पनि सार्वजनिक भइसकेका छन् ।

शिखा बुक्सले बजारमा ल्याएको उपन्यासमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिब्यक्त गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार