नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)माथि प्रतिबन्ध

काठमाडौं,
फाल्गुन २९ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)माथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारले निरन्तर वार्तामा आउन र आतंक फैलाउने गतिविधि नगर्न आग्रह गरे पनि नमानेपछि सरकारले त्यसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।

हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

सरकारले सो समुह राजनीतिक नभई अपराधिक संगठन भएको पनि ठहर गरेको छ । सरकारले यसअघि गठन गरेको राजनीतिक वार्ता समितिले बोलाउदा पनि विप्लव समुह वार्ताका लागि आएको थिएन ।

यसमा तपाइको मत

अन्य समाचार