बम विस्फोटमा घाइते भएका एक जनाको मृत्यु

ललितपुर,
फाल्गुन ११ ।

शुक्रबार राति ललितपुरको नख्खुमा भएको बम विस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ । नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार गुरुङको राति साढे १ बजेतिर मृत्यु भएको हो ।

लमजुङ स्थायी घर भएका ४९ वर्षीय गुरुङ हाल ललितपुरको भैंसेपाटी बस्दै आएका थिए । बम विस्फोट कसले गराएको भन्नेबारे खुलेको छैन् ।

यसमा तपाइको मत

अन्य समाचार