द कपिल शर्मा शोबाट निकालिए नवजोत सिंह सिद्धू

फाल्गुन ५ ।

द कपिल शर्मा शोबाट नियमित अतिथि नवजोत सिंह सिद्धू निकालिएका छन् । सिद्धूलाई कश्मीरको पुलावामामा भएको आतङ्कवादी आक्रमणका विषयमा टिप्पणी गरेका कारण शोबाट निकालिएको हो ।

सोनी च्यानलले सिद्धूलाई राजीनामा दिन निर्देशन दिएको छ । पुलावामा आक्रमणमा ४० भारतीय सेनाका जवानको ज्यान गएको थियो । आक्रमणमा आफ्नो संलग्नता भएको भन्दै आतङ्कवादी सङ्गठन जैश ए मोहम्मदले जिम्मेवारी लिएको थियो ।

सिद्धूले आक्रमणको बारेमा टिप्पणी गर्दै भनेका थिए कि केही सीमित व्यक्तिका कारण पूरै देशलाई दोषी मान्न सकिँदैन । सिद्धूको यो भनाइले पाकिस्तानलाई क्लिन चिट दिएको भन्दै विरोध भएको थियो ।

सिद्धूले यो आक्रमण निन्दनीय भन्को भन्दै आफूले यसको विरोध गर्ने बताएका थिए । घटनामा संलग्नलाई सजाय दिइनुपर्ने भन्दै सिद्धूले दुई देशबीचको विवाद केवल छलफलबाट मात्र हल हुन सक्ने भनेका थिए ।

सिद्धूको भनाइपछि सामाजिक सञ्जालमा यसको तीब्र विरोध भयो । मानिसहरु शोमा सिद्धू रहँदासम्म शोलाई प्रतिबन्ध लगाइनुपर्ने माग राख्न थालेका थिए ।

सामाजिक सञ्जालमा तीब्र विरोध भएपछि दबाबमा आएर निर्माण पक्षले यस्तो निर्णय लिएको हो । शोमा अब सिद्धूको ठाउँमा अर्चना पुरन सिंह आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार