जुनुको माया गर्ने मान्छेमा दृश्य र मनिताको अनस्क्रिन रोमान्स (भिडियोसहित)

काठमाडौं,
फाल्गुण २ ।

पछिल्लो समयमा एक पछि अर्को लोकप्रिय स्रोता/दर्शकमाझ ल्याएकी जुनु गौतमको स्वरमा रहेको अर्को नयाँ गीत ‘माया गर्ने मान्छे को…’ सार्वजनिक भएको छ । गोविन्द हुँमागाईको शब्द र अविरल साहिलाको सङ्गीत, निरज श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आदित्य बुढाथोकीको निर्देशन रहेको गीतको भिडियोमा दृश्य सुवेदी र मनितालाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा उनिहरुको जोडिले अनस्क्रिन रोमान्स गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । शुशिल प्रजापतिको छायाँकन रहेको गीतको भिडियोमा उज्जल ढकालको सम्पादन रहेको छ ।

जुनु गौतमको स्वरमा रहेका थुप्रै नेपाली गीतहरु स्रोताको रोजाईमा परेका छन् । ‘जीवन काँडा कि फूल’ चलचित्रको ‘मैले क लेख्न जाने, मेरो प्रयास सफल भयो’ गीतमार्फत नेपाली गायनमा डेब्यु गरेकी उनी भारतको मणिपुरमा हुर्की बढेकी हुन् । उनको गायन यात्रा सुरु पनि त्यहीँबाट भएको थियो । बङ्गाली, हिन्दीपछि नेपाली गीत गाउन थालेकी उनी पछिल्लो समय कलेक्सन एल्बम, चलचित्रका गीतमा पनि व्यस्त छिन् ।

त्यस्तै पछिल्लो समय नेपाली मोडलिङ र कलाकारिताको क्षेत्रमा लोकप्रियता हासिल गरेको नाम हो, दृश्य सुवेदी । मिस्टर नेपाल र म्यान हन्टमा सहभागी भई मिस्टर फिजिक्स र सुपर मोडल कन्टेन्सट्बाट सुपर डिसिप्लिनको उपाधि जितेपछि चर्चामा आएका दृश्यले त्यही समयदेखि मोडलिङ सुरु गरेका थिए । उनले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । केही चलचित्रमा समेत देखिएका उनका रोजाइमा परेका चलचित्र नेपथ्य, जंगे, प्रियसीलगायत रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार