लभ स्टेशनको घाम जुन चाहिँदैन…सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फाल्गुण २ ।

अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको चलचित्र लभ स्टेशनको नयाँ गीत घाम जुन चाहिँदैन…को भिडियो प्रणय दिवस (भ्यालेन्टाईन डे)को अबसर पारेर बिहिबार दिउँसो सार्वजनिक गरिएको छ । चैत २२ गतेदेखि देशभरका सिनेमाघरमा आउँन लागेका चलचित्रे लभ स्टेशनको घाम जुन चाहिँदैन…को भिडियो बुढा सुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । दीपक शर्माको शब्द सङ्गीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।

छायाँकनको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए ।

यसै बिषयमा अभिनेता प्रदीप खड्काले आज भ्यालेन्टाईन डे र यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अबसर पारेर रिलिज गरेको जानकारी गराए । रिलिजको लागि अब ५१ दिन बाँकी भएकाले पनि प्रचारको क्रम यही गीतबाट सुरुवात गरिएको पनि उनले प्रकाश पारे ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतकाको अभिनय रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको चलचित्रमा निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको सङ्गीत रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार