प्रेम दिवसका अवसरमा रकहाउस क्याफेमा विशेष सांस्कृतिक कार्यक्रम

काठमाडौं,
फाल्गुन १ ।

रातोपुल स्थित रकहाउस क्याफेमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । विहिवार (भोली) प्रेम दिवसका अवसरमा काठमाडौंको रातोपुल स्थित रकहाउस क्याफेमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

डिजे एलेक्सको प्रस्तुतिका साथै लोकप्रिय गायक गायिकाको प्रस्तुति रहने क्याफे सञ्चालक मध्येका एक सुमन राईले बताए । ‘पछिल्लो समय नेपाली युवा युवतीमाझ पनि लोकप्रिय हुँदै आएको प्रेम दिवसका अवसरमा हामीले यस दिनलाई विशेष बनाउँन लागेका छौ’, उनले भने ।

उनकाअनुसार विभिन्न खानाका परिकार सहित साङ्गीतिक माहोल हुने छ । विशेष सांस्कृतिक कार्यक्रम साझ ४ बजेदेखि हुने उनले जनाए ।

यसमा तपाइको मत

अन्य समाचार