रोमान्टिक छु…भन्दै आए आशिष र अञ्जु (भिडियोसहित)

काठमाडौं,
माघ २९ ।

गायक आशिष सचिन भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ गीत ‘रोमान्टिक छु…’ लिएर दर्शक/स्रोतामाझ आएका छन् ।
मंगलवार सार्वजनिक गरिएको उक्त गीतमा गायक आशिष सचिनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् ।

नृत्यपरक उक्त यूगल गीतलाई अर्जुन पोखरेलले सङ्गीत निर्देशन गरेका हुन् । गीतका शब्दहरु नृपेश उप्रेतीले रचना गरेका हुन् । महाराज थापा उक्त गीतका सङ्गीत संयोजक हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

एसजे क्रिएसनका लागि सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् ।

आकर्षक लोकेशनमा छायाँकन गरिएको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सम्पादक रेग्मीले भिडियोमा कलर करेक्सन गरेका छन् । भिडियोको अवधारणा जया शर्माले तयार पारेकी हुन् । शर्मा भिडियोकी सहायक निर्देशक पनि हुन् ।

भिडियोमा मुना, सबिना, अनिशा, सौगात, संगीता, प्रतिक्षा, समिर, पूजन, विशाल, निरिष, सुशान्त, कुमार, मन तथा कोसिशले सामुहिक नृत्य गरेका छन् । भिडियोलाई आरोही गौतमले प्रस्तुीत गरेकी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार