संगीता प्रधान रानाको ‘मायाको तृष्णा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २९ ।

संगीता प्रधान रानाको स्वरमा रहेको नयाँ गीत ‘मायाको तृष्णा’ सार्वजनिक भएको छ । प्रज्जवल शमशेर जबराको शब्द तथा सचिन सिंहको सङगीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियोमै खिचिएको हो । भिडियोमा गायिका संगीता, सङ्गीतकार सचिन, रिदम कुमार सिंह ‘महाराज’, भायोलिन रविन कार्की ढली, फ्लुट गोपाल देव फिचर्ड छन् ।

प्रकाश मिश्रले निर्देशन गरेको भिडियोमा खेम थापाको छायांकन, रितु रानाको मेकअप, अधिनायक एम शेरचनको सम्पादन छ । गायक संगीताले आफूलाई गुनगुनाइरहन मन लाग्ने गीतमा ‘मायाको तृष्णा’ पनि एक हुने बताइन् ।

यसमा तपाइको मत

अन्य समाचार