‘यात्रा’को ‘पाँच पन्छी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २८ ।

चलचित्र ‘यात्रा’को पहिलो गीत ‘पाँच पन्छी’ सार्वजनिक गरिएको छ । केशव भट्टराईको प्रस्तुति रहेको यस चलचित्रको गीत सोमबार सार्वजनिक गरिएको हो ।  यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको यस चलचित्रको ट्राभल गीत गीतलाई काठमाडौँबाट सुरु गरिएको छ भने यसमा सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र सङ्गीत प्रतीक पौडेलको रहेको छ ।

सम्राट शाक्यको निर्देशन रहेको यस चलचित्रमा सलिनसँगै सलोन बस्नेत, रिअर राई, प्रेक्षा बज्राचार्य, धिरेन्द्र शाक्यलगायतका कलाकारहरूले अभिनय गरेका छन् । शुशील पोखरेलको लगानी, हिमाल केसीले द्वन्द्व निर्देशन, चलचित्रमा गायक सुगम पोखरेल, मेलिना राईलगायतको स्वर रहेको छ भने प्रविण सिंहले कोरियाग्राफी गरेका छन् । चलचित्रलाई प्रतीक पौडेल, सुरेश न्यौपाने, शिशिर खत्रीले लेखेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार