सोसिएल मिडिया फिल्म अवार्ड २०७५ सम्पन्न

काठमाडौं,
माघ २८ ।

राजधानीमा एक विशेष कार्यक्रमबीच आइतबार ‘सोसिएल मिडिया फिल्म अवार्ड २०७५’ सम्पन्न भएको छ । छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका उत्कृष्ट संघसंस्था वा व्यक्तिलाई अवार्ड प्रदान गरिएको हो ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक अनिरुद्र दवाडी बन्दा सर्वोत्कृष्ट डकुमेन्ट्री ‘जोगी’ र सर्वोत्कृष्ट लघु चलचित्र ‘अलिखित’ घोषित भयो ।

कुल १६ विधामा बाँडिएको अवार्डमा छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सृजनालाई सम्मान गर्दै जनमानस माझ ल्याउनुको उद्देश्यले आयोजना थालिएको ‘ड्रिम वोल्ड अफ फिल्म मेकर्स’का अध्यक्ष एवम् निर्देशक सबनम मुखियाले बताइन् । अवाडको अर्को उद्देश्य नेपाली समाजका सांस्कृतिक, परम्परागत, धार्मिक, सामाजिक तथा पर्यटन प्रवद्र्धनलाई विश्वसामु चिनाउने समेत रहेको उनले बताइन ।

अवार्ड प्राप्त गर्न सफलहुनेहरुः-

१) युट्युव तर्फको सर्वोत्कृष्ट भिडियो – निमेशश्रेष्ठ (फन रिभोलुसन टिभी)
२) फेसबुक तर्फको सर्वोत्कृष्ट भिडियो – निमेश श्रेष्ठ
३) समाचारतर्फको सर्वोत्कृष्ट भिडियो – सन्तोषी अधिकारी
४) सर्वोत्कृष्ट ट्रोलतर्फ – ट्रोल फुटबल नेपाल
५) लघु फिल्मको सर्वोत्कृष्टसम्पादन – उमेश चौधरी र युवराज खनाल
६) लघु चलचित्रको सर्वोत्कृष्टनायीका – स्मृती न्यौपाने
७) लघु चलचित्रको सर्वोत्कृष्टनायक –निमेश श्रेष्ठ र अनिस जंग थापा
८)लघु चलचित्रको सर्वोत्कृष्टसाउण्ड (आवाज) – विनय अधिकारी
९)लघु चलचित्रको सर्वोत्कृष्ट छयाङ्कन– विकल थापा
१०) लघु चलचित्रको सर्वोत्कृष्ट भिडियो (निर्णयकका तर्फबाट) – बोकाहरु (फन रिभोलुसन टिभी)
११) सर्वोत्कृष्ट इन्करेजमेन्ट – विकास घले गुरुङ
१२) सर्वोत्कृष्ट सोसियल म्यासेज – राज मानन्धर
१३) सर्वोत्कृष्ट सार्वजनिक छनौट– सञ्चिता बुढाथोकी
१४) सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक – अनिरुद्र दवाडी
१५) सर्वोत्कृष्ट डकुमेन्ट्री – जोगी
१६) सर्वोत्कृष्ट लघु चलचित्र – अलिखित

कार्यक्रममा सामाजिक, चलचित्र, पत्रकारिता तथा विभिन्न माध्यमबाट जनचेतनामूलक कार्य गरेवापत ‘सोसियल रङ्गममञ्च पत्रकारिता पुरस्कार २०७५’ कुवेर गिरीलाई , ‘सोसिएल मिडिया सामाजिक अभियन्ता सम्मान २०७५ उत्तम सञ्जेललाई र ‘चलचित्रकर्मी सम्मान २०७५’ सञ्चारकर्मी तथा निर्देशक संगीत श्रेष्ठलाई प्रदान गरिएको थियो । तीनै सम्मानित व्यक्तिलाई माला, खादा, प्रमाणपत्रका साथै नगद रु ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार)बाट सम्मान गरिएको थियो ।

रविन आचार्य कार्यक्रम संयोजक रहेको अवार्ड समारोहमा अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, सन्तोस श्रेष्ठ, केशव भट्टराई, आकाश अधिकारीलगायत थुप्रै चलचित्रकर्मीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार