‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक

काठमाडौं,
माघ २८ ।

चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको हो । चलचित्रको रोमान्टिक टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा सुहानालाई युवास्टार अनमोल केसीसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ । चलचित्र चैत २९ गते रिलिज हुँदैछ ।

चलचित्रमा सुहाना तथा अनमोल केसी, सरोज खनाल, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रियर राईलगायतकाको अभिनय रहेको छ ।

सुमन पौडेल तथा निर्देशक थापाको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन, आशिष अविरल, कोशीस क्षेत्री, प्रतिक पौडेल र कल्याण सिंहको सङ्गीत, कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

चलचित्रलाई निर्माता सुनिलकुमार थापाले बनाएका हुन । चलचित्रकी नायिका सुहाना थापा झरना र सुनिलकी छोरी हुन ।

यसमा तपाइको मत

अन्य समाचार