राजनप्रसाद निरौलाको नयाँ कृति ‘सिंहको दरबारभित्र’ पाठकमाझ

काठमाडौं,
माघ २८ ।

साहित्यकार राजनप्रसाद निरौलाको नयाँ कृति ‘सिंहको दरबारभित्र’ पाठकमाझ आएको छ ।  देशमा मौलाएको भ्रष्टाचार, बेथिति, अराजकता, राजनीतिक खिचातानीलगायत साहित्य तथा देशभक्तिका विविध भाव प्रस्तुत गरिएको उपन्यास ‘सिंहको दरबारभित्र’ पाठकमाझ आएको हो ।

निरौलाले एक जना संघर्षरत ब्याक्ति जसले सिंहदरबार सुधार्ने आँट लिएर काठमाडौं छिरेको हुन्छ । तर, अन्तमा स्यालहरुको भिडमा सिनो झै लुछिनु पर्दाको पिँडालाई पुस्तकमा लेखेर उपन्यासको रुपमा उतारेका छन् । यस पुस्तकमा उत्साह, उमंग, आँट, हिम्मत, साहस, हौसला, आश, जोस, फुर्तिलगायतका कुराहरुलाई विशिष्ट स्थान दिईएको छ । यस पुस्तक भित्र उपन्यास, लघुकथा, कविता, गजल, निबन्ध अनि नाटकलाई समेत स्थान दिईएको छ ।

निजामती सेवामा रहेका साहित्यकार निरौलाले  वि.स. २०५३ सालमा ‘सीत्कार’ कविता संग्र्रह बजारमा ल्याएई सकेका छन् भने २०६५ मा ‘खुला आकाश’, २०६६ मा ‘संघर्ष र शान्ति’, २०६७ मा ‘अद्भुत प्रेम परिसंग’ र २०६७ मा ‘मृत्युविरुद्ध’लगायतका उपन्यास प्रकाशन गरिसकेका छन् ।

दिव्य देउराली प्रकाशनले बजारमा ल्याएको ‘सिंहको दरबारभित्र’लाई नेपाल आमाको कथाका रूपमा समेत व्याख्या गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार