प्रेमदिवसमा प्रदीप र जसिताको घाम जुन

काठमाडौं,
माघ २८ ।

चलचित्र लिली बिलीबाट चर्चित जोडी बनेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा आफ्ना प्रिय दर्शकलाई घाम जुन उपहार दिने भएका छन् ।

लभ स्टेशनको पहिलो गीत चाहिँदैन घाम जुन…को भिडियो दर्शकलाई भ्यालेन्टाईन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । नयाँ वर्षको अबसर पारेर यी जोडीको नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ ।

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशनमा गत साता छायाँकन गरिएको यो गीतको भिडियो अभिनेता प्रदीप र अभिनेत्री जसिताको अहिलेसम्मकै सुन्दर स्थानमा छायाँकन गरिएको भिडियो सावित हुने विश्वास गरिएको छ ।

यो गीतलाई सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका हुन् । जसमा दीपक शर्माको शब्द सङ्गीत रहेको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल रहेका छन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको सङ्गीत छ ।

यसमा तपाइको मत

अन्य समाचार