‘सम्हालिन्छ कहिले मन’को छायाँकन बेलायतबाट

काठमाडौं,
माघ २८ ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । करिब ५० दिनको छायाँकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिनअघि मात्र लण्डन पुगेको थियो । नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रको छायाँकन लण्डन, स्कटल्याण्ड र वेल्समा हुने बताइएको छ । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायाँकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ । अमित बस्नेतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण छ ।

त्रिकोणात्ममक प्रेमकथामा तयार हुने यो चलचित्रमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ ।

यसमा तपाइको मत

अन्य समाचार