सरस्वती पुजाको अवसर पारेर सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’

काठमाडौं,
माघ २७ ।

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको उद्घाटन अभिनेत्री खुश्बु खड्कासँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, समाजसेवी हिराकाजी श्रेष्ठ, एमपी भुसाल, बिक्रम बिष्टलगायतले रिवन काटेर गरेका थिए ।

कार्यक्रममा अभिनेत्री खुश्बु खड्काले देशमा सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षाको भुमिका महत्वपुर्ण हुने बताइन । वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको बिकाशका लागि मन्टेश्वेरीले खेल्ने भुमिकाको चर्चा गरे ।

व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोषण र स्याहार सुसारको वातावरणमा शिक्षा दिनुपर्छ भन्ने उद्देश्यका साथ आफुले मन्टेश्वरी सञ्चालनमा ल्याएको मन्टेश्वरीका संचालक रुश्मी गुरुङले बताइन् ।

शिक्षण विधि मन्टेश्वरी विधिबाट अध्यापन गराउने भएकोले मन्टेश्वरीले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन गर्ने गुरुङको भनाई रहेको थियो ।

अभिभावकहरु व्यस्त हुँदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न गीतसङ्गीतका साथै आकर्षक नृत्यहरु समेत रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार