शनिबारसम्म देशभर हल्का देखि मध्यम वर्षा हुने

काठमाडौं,
माघ २४ ।

बिहिबारदेखि देशका विभिन्न भागमा सिमसिम पानी परिरहेको छ भने हिमाली तथा उच्च पहाडी भागमा हिमपातसमेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म रहने महाशाखाले जनाएको छ ।
बिहिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमी र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल सम्भावना रहेको विभागले जनाएको हो ।

विभागका अनुसार भोलि शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा हुनेछ । एक–दुई स्थानमा भारी वषाको समेत सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले बिहीबार बिहानबाट काठमाडौं लगायत मुलुकको पश्चिम र मध्य क्षेत्रमा भारी वर्षा भएको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायु बुधबारबाट नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेकाले पश्चिमी क्षेत्रमा बुधबारबाटै बर्षा भएको र पूर्वीक्षेत्रमा क्रमश बिहीबार बिहानबाट मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात हुने जनाइएको छ । आइतबार बिहानैबाट मुलुकको मौसममा सुधार आउने र मौसम सफा हुने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारदेखि नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

यसमा तपाइको मत

अन्य समाचार