नेपालको ऐतिहासिक जित, टी ट्वान्टी सीरिज कब्जा

काठमाडौं,
माघ २१ ।

क्रिकेटमा नेपाललाई ऐतिहासिक जित प्राप्त भएको छ । यूएईलाई अन्तिम तथा तेस्रो टी ट्वान्टीमा नेपाललाई ऐतिहासिक जित प्राप्त भएको हो ।

तेस्रो टी ट्वान्टीमा १४ रनले पराजित गर्दै नेपालले आइतबार ऐतिहासिक जित हात पारेको छ । यो जितसँगै नेपालले तीन टी ट्वान्टी खेलको सीरिज २–१ ले जितेको हो । नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएपछि यो पहिलो सीरिज जित हो ।

यो जितसँगै नेपालले यूएई भ्रमणलाई ऐतिहासिक बनाएको छ । यसअद्धि एकदिवसीय सीरिज जितेको नेपालले टी ट्वान्टी सीरिज पनि जितेको हो । पहिलो खेलमा बिहीबार पराजित भएको नेपालले शुक्रबार र आइतबार लगातार दुई खेलमा जित निकाल्दै सीरिज कब्जा गरेको हो ।

सिरिजका यसअघि भएका दुई खेलमा नेपाल र युएइले एक एक खेल जितेका छन् । यसअघि भएको वन डे सिरिज भने नेपालले २–१ ले जितिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार