अधिकारका लागि अब शहीद हुन पर्दैन-प्रधानमन्त्री

काठमाडौं,
माघ १६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारका लागि अब कोही पनि शहीद हुन नपर्ने बताए । शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका लागि शहीदहरुले आफ्नो जीवन नै आहुती दिएको भन्दै अरु केही नसके पनि लोभ त्याग्न भने सक्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।

ओलीले देशको विकासका लागि हातेमालो गरी अघि बढ्न आह्वान गरेका छन् । लोकतन्त्रको रक्षा र मुलुकको विकास गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई हातेमालो गर्न आह्वान गरे ।

प्रधानमन्त्री ओलीले अब सुशासन र आर्थिक विकासमार्फत देशलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । नेपाललाई प्रकृतिले सम्पन्न र धनी देश बनाएको भन्दै प्रधानमन्त्री ओलीले तिनै सम्पदाको प्रयोग गरेर समृद्ध मुलुक बनाउने अठोट व्यक्त गरे ।

यसमा तपाइको मत

अन्य समाचार