मिस सर्लाहीको उपाधि दिक्षालाई

सर्लाही,
माघ १६ ।

मिस सर्लाहीको उपाधि दिक्षा पौडेलले चुमेकी छन् । उनले पल इन्टरटेन्मेन्ट प्रा.लि द्वारा आयोजित मिस सर्लाहीको दोस्रो संस्करणको उपाधि चुम्न सफल भएकी हुन् ।

१८ जना प्रतिस्प्रधि रहेको प्रतियोगितामा जनज्योति माविमा कक्षा १२ मा अध्ययनरत मिस सर्लाही पौडेलले मिस ब्यूटिफूलको अवार्डसमेत जितिन ।

त्यस्तै, कृष्टिना मोक्तान मिस ट्यालेन्टसहित प्रथम उपविजेता र अनु बलम्पाकी मगर मिस कन्फिडेन्ससहित द्वितीय उपविजेता बन्न सफल भए ।

मिस एशिया प्याशिफिक चन्दा थापा, मिस पोखरा २०१३ सविता पाण्डे, मोडल तथा नायक दृश्य सुवेदी,  व्युटिशियन गंगा श्रेष्ठ निर्णयक रहेको कार्यक्रम सर्लाहीको लालबन्दीमा रहेको लालबन्दी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

प्रतियोगितामा मिस बेस्ट पर्सनालिटीसहित बिबिता पाण्डे भ्यूवर च्वाइस र निस्मिता कार्कीले अर्गनाइजर च्वाइसको अवार्ड जिते । त्यस्तै, मिस बब्बीको अवार्ड सिजन सुनुवार, मिस क्यूटिपाइ पुजा मोक्तान, मिस बेस्ट हेयर स्मृति सत्याल, मिस बेस्ट स्किन एलिना रसाइली, मिस बेस्ट क्याटवाक श्रीया भुजेल, मिस डिसिप्लेन सपना तामाङ, मिस फोटोजेनिक सजिता खड्का, मिस पङ्चुअल बबिता बराइली, मिस बेस्ट आइ विनी सापकोटा, मिस फ्रेन्डली अस्मिता परियार र मिस बेस्ट स्माइलको अवार्ड निशा तामाङले जिते ।

स्थानिय स्तरमा रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले मिस सर्लाहीका प्रतियोगिता आयोजना गरिएको पल इन्टरटेन्मेन्ट प्रा.लिका अमित पलले  बताए । मिस सर्लाहीको इभेन्ट कोअर्डिनेटरमा मिना झा र कोरियोग्राफरमा अनुपमा बास्तोला थिए ।

यसमा तपाइको मत

अन्य समाचार