भोजपुरी पछि नेपाली गीत ल्याउँदै श्याम

काठमाडौं,
माघ १६ ।

एकदशक देखि गायन र अभिनयको क्षेत्रमा निरन्तर कृयाशिल श्यामकुमार मिश्र भोजपुरी गीत, सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् ।

गत महिना भोजपुरी र हिन्दी भाषाको सात वटा गीत स्रोतामाझ ल्याई सकेका मिश्राले यतिबेला नेपाली भाषाको गीत रेकर्डिङमा जुटेका छन् ।

राजेन्द्र बजगाईंको सङ्गीतमा उनले डिम्स रेकर्डिङ स्टुडियोमा मंगलबारबाट गीत रेकर्डिङ सुरु गरेका छन् । नेपाली भाषाको सिडी एल्बममा पनि सात वटा गीत रहने मिश्राले बताए ।

प्रदर्शनको पर्खाइमा रहेको ‘ब्वाईफ्रेण्ड’ चलचित्रमा समावेश गरिएकोे भोजपुरी गीत ‘तेरी लच्के लि जब कमरिया, बल खाए जै जेसन नगेनिया…’ दर्शकको रोजाईमा परेको छ ।

पप, रोमान्टिक शैलिको गीत गाउँन रुचाउने मिश्राले देउता, किङ, नालायक, ब्वाईफ्रेण्डलगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

कलाक्षेत्र, समाजसेवा र राजनीतिमा सक्रिय श्याम कपिलवस्तु कृष्णनगर निवासी हुन् । गत स्थानिय निर्वाचनमा कृष्णनगर नगरपालीकाका मेयरका उमेद्वार रहेका उनी राप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्य समेत रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार