‘रणवीर’को ‘मायामा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ १३ ।

यही माघ १८ गतेबाट देशभरका सिनेमा घरमा आउन लागेको चलचित्र ‘रणवीर’को रोमान्टिक गीत ‘मायामा…’ सार्वजनिक गरिएको छ । चलचित्रका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड गरिएको गीत सार्वजनिक भएको हो ।

पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा सङ्गीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् ।

सन् २०१२की मिस इन्टरनेशनलहुँदै ग्लामर फिल्डमा इन्ट्री गरेकी सुवेक्षाले यस किसिमको गीतमा पहिलो पटक देखिएको बताइन । ‘मलाई निकै खुसि लागेको छ र यस किसिमको लभ गीतमा पहिलो पटक देखिएकी हुँ’ सुवेक्षाले भनिन् ‘गीतले दर्शकलाई रोमान्टिक फिल दिन्छ ।’

सुवेक्षाझैँ सुशील पनि निकै उत्साहित छन् । ‘यो गीत मैले नै गाएको जस्तो लाग्छ’ सुशील भन्छन् ‘गीतमा रणवीरको रोमान्टिक अवतार छ ।’ गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतको अभिनय रहेको छ चलचित्रमा । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।

चलचित्रलाई प्राची फिल्म्स र डीआर फिल्मको ब्यानरमागोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार