साँखुका २४ भूकम्पपीडित परिवारले पाए बाख्रा

काठमाडौं,
माघ ८ ।

बिपन्न तथा भूकम्पपिडितहरुलाई दुई लाख पचास हजार बराबरको बाख्रा बितरण गरिएको छ । हेरचाह नेपाल नामक गैरसरकारी संस्थाले आईतबार शंखारापुर न.पा ८ साँखु स्थीत पालुबारीमा रहेका बिपन्न तथा भुकम्पपिडितहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन स्वरुप बाख्रा बितरण गरेको हो ।

शंखारापुर न.पा ८ का सचिव न्युछेबहादुर नकर्मीले पालुबारी क्षेत्रका २४ परिवारलाई बाख्रा बितरण गरेका थिए ।
वितरण पछि बोल्दै बडा अध्यक्ष नकर्मीले भूकम्पपिडित तथा बिपन्न समुदायले आत्मनिर्भर तथा स्वारोजगार बनाउन संस्थाले गरेको कार्य प्रशंसनिय भएको उल्लेख गदै यस्ता कार्यक्रमहरुमा वडाले जहिले पनि सहयोग गर्ने बताए ।

नकर्मीले यस्ता स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने संस्थासँग वडाले पनि मिलेर काम गर्ने बताउदै बाख्रा पाएका बिपन्न समुदायले यसलाई बिउको रुपमा लिएर यसबाट राम्रो काम गर्ने सुझाव दिए ।

समाजसेवी पुस्कर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा हेरचाह नेपालको अध्यक्ष प्रकाश डंगोल उपाध्यक्ष गीता गिरी सचिव रघु थापालगायतले अगामि दिनमा यसै संस्थाको पहलमा बेमौसमी तरकारी खेतीको तालिमको ब्यबस्थापन पनि बिपन्न र भुकम्पपीडित समुदायमै केन्द्रीत रहेर गर्ने जानकारी दिए ।

संस्थाले उपलब्ध गराएको बाख्रा पाएपछि संगीता थापा, राममायाँ श्रेष्ठ, प्रतिमा नेपाली, तयाकुमारी गिरीलगायतले अब यो बाख्रालाई राम्रो हेरबिचार गरेर यसबाट आर्थिक जीवन स्त्तर अगिाडि बढाउन सहयोग पुग्ने बताए । उनीहरुले अझ संस्थाले शिपमुलक तथा रोजगार मुलक कार्यक्रम ल्याउन पनि आग्रह गरे । बाख्रा बितरण परियोजनाको लागि हेरचाह नेपाललाई लेस्ले युएसएले सहयोग उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार