‘कोपीला’को इण्डक्ल्याप

काठमाडौं,
पौष ३० ।

चलचित्र ‘कोपीला’को इण्डक्ल्याप गरिएको छ । कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाए र सरकारको आलोचना ब्यपाक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु सञ्चारमाध्यामहरुमा आईरहेका छन् । यसै घटनाको बास्तबीक कथामा आधारीत भएर चलचित्र निर्माण भएको छ । चलचित्रको नाम हो ‘कोपीला’ । ‘कोपीला’को करीब एक महिनाको अबधीमा सोमबार छाँयाकन सम्पन्न भएको छ ।

यो चलचित्रलाई शिभम अधिकारीले लेखन एबम निर्देशन गरेकाहुन । सोमबार चित्तवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताएका छन् ।

करीब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो चलचित्रले स्व. पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए ।

‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । चलचित्रको प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिचर गरिएको छ ।

चलचित्रमा सञ्चारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेकाछन् भने कलाकार गणेश गिरीको प्रस्तुति रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा सुबाशराज काफ्ले, सह निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन ।

‘कोपीला’मा सरिता गिरी, गणेश गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिर, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘कोपीला’मा छायाँकार शिब शरण न्यौपाने, मुख्य साहायक निर्देशक रामबाबु खड्का, सङ्गीत दीपक शर्माको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार