सयकडा दशको पिरतीको गाउँ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष ३० ।

चलचित्र ‘सयकडा दश’को नयाँ गीत ‘पिरतीको गाउँ’ सार्वजनिक गरिएको छ । माघ १८ देखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘सयकडा दश’को गीत ‘पिरतीको गाउँ’ सार्वजनिक गरिएको हो ।

स्वप्न सुमन र त्रिशला गुरुङको स्वर, रबी मल्लको शब्द, कल्याण सिहको सङ्गीत रहेको गीतमा दीलिप ओखेडाको नृत्य रहेको छ । चलचित्रको यसअघि सार्वजनिक गीत ‘दाईलाई कुरा लाइदिनी…’ले चर्चा पाइरहेको बेला निर्माण पक्षले नयाँ गीत दर्शक/स्रोतामाझ ल्याएको हो ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललगायतको अभिनय रहेको छ ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रमा रहेको छ । मनोज गजुरेल र राजाराम पौडेल चलचित्रको मुख्य भूमिकामा छन् । गजुरेलको यो डेब्यु चलचित्र हो।

चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेका हुन् ।

रामेश्वर कार्कीको छायाँकन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार