सातै प्रदेशमा नेपाल इन्भेष्टमेण्ट बैङ्क

काठमाडौं,
पौष ३० ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापनागरेको छ । स्थानीयस्तरबाटै सहज र सरत तवरले कामगर्न सजिलोहोस भन्नकालागि राष्ट्र बैङ्कको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।

जसअन्र्तग तप्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२कोे वीरगञ्जमा, प्रदेश नं.३को नारायणचौर (नक्साल)मा तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेत स्थित विरेन्द्रनगरमा र प्रदेश नं.७का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।

प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, ४¬(गण्डकी प्रदेश), ६(कर्णालीप्रदेश) र ७ ले ६ वटा शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्यसम्पादनमा समन्वय गर्ने बैङ्कले जनाएको छ ।

बैंकिङ्क सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैङ्कको निर्देशनलाई पालनागर्दै शाखा बिस्तारको क्रममा बैङ्कले काठमाडौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय मार्फत सेवा दिइरहेको छ साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व सङ्कलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पारेको छ ।

यसमा तपाइको मत

अन्य समाचार