११ माघमा आउँदै ‘बैना’

काठमाडौं,
पौष ३० ।

लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘बैना’ माघ ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । आईतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी निर्माणपक्षले गराएको हो ।

चलचित्रमा सुबाष मेचे, रञ्जिता लिम्बु, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, उदय सुब्बा, युमारानि लिम्बु, सन्तु मगरलगायतका कलाकारको अभिनय रहेको छ ।

बिकाश चौधरीको सङ्गीत, राजु किरातिको द्वन्द्व, कमल राइको नृत्य रहेको छ चलचित्रमा । कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको चलचित्र ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्माणपक्षले जनाएको छ ।

दिलप्रकाश याक्सो निर्देशित चलचित्र ‘बैना’ पूर्वाञ्चलका रमणिय स्थान दमक, धनकुटा, ईलाममा छायाँकन गरिएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको चलचित्रलाई हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार