डा. डीआरको ‘सन्तानको शिर उठाउन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष २९ ।

गीतकार डा. डीआर उपाध्यायको रचना रहेको गीत ‘सन्तानको शिर उठाउन’ सार्वजनिक भएको छ । मनोज राजको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तानको शिर उठाउन
हजार ठाउँ शिर झुकाउने
बाबा लाई विर्सिएर…

कति माथि पुग्छौ सन्तान
बाबाको शिर कुल्चिएर । 

जस्ता निकै भावनात्मक शब्द रहेको गीत सुन्दा त्यतिकै मिठास स्वर र सङ्गीत रहेको छ । गीतको भिडियोलाई सन्तोष र विष्णुले सम्पादन गरेका छन् ।

साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार