माघ चारमा एपिक नेपाल म्युजिक अवार्ड हुँदै

काठमाडौं,
पौष २८ ।

आगामी माघ चारमा एपिक नेपाल म्युजिक अवार्ड २०७५ फाइनल हुने भएको छ । ठमेल स्थित छाया सेन्टरमा आयोजना हुने सस्थाका अध्यक्ष अमन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । सो कार्यक्रममा नेपाली गीत सङ्गीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने आयोजकले जनाएको छ ।

अवार्ड समारोहमा लोक, आधुनिक, पप र लोक पप, तामाङ सेलो, मेंदोमाया, काठे भाका, देउडा, पुर्बेली भाका र दशैँ तिहार विधाका गीतका कलाकारहरु सम्मानित हुनेभएका छन् ।

कुल ६६ विधामा अवार्ड आयोजना गरिने उक्त समारोहमा नेपाली सुगम सङ्गीतका धरोहर प्रेरणाको स्रोत भजन शिरोमणी भक्तराज आचार्य र बरिस्ठ लोक गायक कुमार बस्नेतलाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।

विभिन्न सञ्चार सस्थामा लामो समय देखि योगदान दिदै आउनु भएका न्युज २४ का रबि लामिछाने, रेडियो काठमाडौं एफ. एम. का चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुबेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होमका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेबी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका बिनोद बि.क. , टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सबिता पोखरेल, पावर न्युजका श्री कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी, प्रकाश साप्ताहिकका दीपक पाण्डे, मिर्मिरे एफ.एम.का राजु बोहोरालगायतका सञ्चारकर्मीहरु एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित हुने कार्यक्रम संयोजक राजेन्द्र पुरीले उल्लेख गरेका छन् ।

सो कार्यक्रमको डीस होमको रमाईलो टेलिभिजन च्यानल र टिभी टुडेबाट प्रत्यक्ष प्रशारण गरिने भएको छ भने चर्चित कार्यक्रम सञ्चालक श्री दिनेश डिसीले सञ्चालन गर्ने भएका छन ।

यसमा तपाइको मत

अन्य समाचार