यो मनको कुरा ‘सालैज्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष २८ ।

नेपाली लोक साङ्गीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक मौसम गुरुङका धेरै गीतहरू दर्शक स्रोतामाझ लोकप्रिय छ्न् । विशेषत सेन्टिमेन्टल गीतहरू र मौलिकता बोकेका धेरै गीतहरू गाएका गुरुङ र सबिता गुरुङको स्वरमा भर्खरै मात्र नयाँ सालैजो गीत सार्वजनिक भएको छ । लोकप्रिय एवम् वरिष्ठ गायिका शर्मिला गुरुङको लय सिर्जना रहेको यस गीतलाई गीतकार तथा सञ्चारकर्मी किस्ना आचार्य रोशनीले शब्द सिर्जना गरेकी हुन ।

यस अगाडि पनि रोशनीले सिर्जना गरेका अरु थुप्रै मौलिक गीतहरू गायक गुरुङले गाइसकेका छ्न भने अझै केही प्रकाशनको तयारीमा समेत रहेका छ्न् । रबिन गुरुङको निर्देशन, खेम थापा मगरको छायांकन, मेखबहादुर थापाको सम्पादनमा तयार भएको यस सालैजोमा याम गुरुङले कोरियोग्राफ गरेका छ्न् । नवज्योति भिजन नेपालले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियोमा नमिता गुरुङ निस्चल जिएमलगायतकाको अभिनय देख्न पाइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार