औपचारिक रुपमा विवेकशील साझा बिभाजित

काठमाडौं,
पौष २७ ।

औपचारिक रुपमा विवेकशील साझा बिभाजित भएको छ । नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।
संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता दिएका छन् ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार