औपचारिक रुपमा पृथ्वी जयन्ती

काठमाडौं,
पौष २७ ।

नेपाल सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छ । सरकारले सार्वजनिक विदा नदिएपनि औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको हो ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश जारी गर्नुभयो । शुक्रबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिसकमा माल्यापर्ण  श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सो क्रममा नेपाली सेनाको एक टुकडीले सम्मान सलामी दिएको थियो । पृश्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हटेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार